• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०४:०६

ज्योति किर्तन मण्डलीको साधारण सभा सम्पन्न

बुद्धशान्ति, मंसीर १९ ।।
झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा रहेको ज्योति किर्तन मण्डलीको १६ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले अशक्तहरुका लागि आश्रम सञ्चालनका लागि अक्षय कोष स्थापना गर्ने निर्णय समेत गरेको किर्तन मण्डलीका अध्यक्ष बिनु दाहालले बताउनु भयो ।


पाँचपोखरी टोलमा रहेको किर्तन मण्डलीको साधारण सभामा प्रमुख अतिथि मेचीनगर लेडिजेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, बिशेष अतिथि बुद्धशान्ति वडा नम्बर ५ का वडा अध्यक्ष बासुदेब खतिवडा, पबित्रा भेषराज स्मृति प्रतिष्ठानका अध्यक्ष छबिलाल खतिवडा, रेडियो साथी काकरभिट्टाका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, वडा सदस्यहरु रिता चौधरी, देउमाया दर्नाल, डेगेन्द्र कार्की, शान्ति किर्तन मण्डलीका गंगा पोखरेल, रामजानकी मन्दीरका सोमनाथ न्यौपाने लगायतले नियमित भजन किर्तन भईरहँदा धार्मिक आस्थासंगसंगै नयाँ पुस्तालाई परम्परागत संस्कार सिकाईमा समेत सहयोग पुग्ने बताएका थिए ।


किर्तन मण्डलीका अध्यक्ष बिनु दाहालको सभापतित्वमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष पुर्णिमा आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने अक्षय कोष सम्बन्धी जानकारी सदस्य कविता दाहालले गराउनु भएको थियो ।
उपाध्यक्ष घनेन्द्र घिमिरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको खगेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस

खाद्य मेलामा रमाए अरुणोदय माविका बिद्यार्थी

# स्थानीय समाचार

२८ मङ्सिर, २०७५

काकरभिट्टा, मंसीर २८ ।। बिद्यालयको प्राङ्गणमा आयोजना गरिएको खाद्य मेलामा सहभागिहरु खानेकुराको चर्चा गर्दै । बिद्यार्थीहरु आफुले तयार पारेका

झापामा अटिजमका रोगी बढ्दै

# स्थानीय समाचार

२८ मङ्सिर, २०७५

झापा, मंसीर २८ । झापामा १५ जना भन्दा बढी ‘अटिजम’ प्रभावित फेला परेका छन् । अटिजम केयर नेपाल सोसाइटीले गरेको अनुसन्धानमा झापामा १५ जना अटिजम

टिप्पर दिउँसो मात्र कुदाउन पाउने

# स्थानीय समाचार

२८ मङ्सिर, २०७५

झापा, मंसीर २८ ।। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा पुस १ गतेदेखि ट्रिपर चलाउने समय निर्धारण गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी