• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:१२

दिवंगत आत्माको चिर शान्तिका लागि आज बाला चतुर्दशी मनाइँदै

हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी बालाचतुर्दशी मनाउँदैछन् । देशभरका शिव मन्दिर परिसरमा दर्शनार्थीहरुले बिहानैदेखि सतबिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो सङ्ख्यामा भक्तजन आएका छन् । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

बिहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिरहरु परिक्रमा गरिन्छ । भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।

 

प्रतिकृया दिनुहोस

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

# स्थानीय समाचार

२९ माघ, २०७५

माघ २९, काँकरभिट्टा झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ ।       मेचीनगर

प्रतिबन्धीत पंक्षीजन्य सामाग्री आयात रोक्न नाकामा कडाई, एक पक्राउ

# स्थानीय समाचार

२७ माघ, २०७५

झापा, माघ २७ । भारतबाट नेपाली बजारमा आयातित पशुपंक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ । खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला,

शोभा यात्रा सहित शुरु भयो स्वर्ण महोत्सव (फोटो फिचर सहित)

# स्थानीय समाचार

२७ माघ, २०७५

ज्ञानेन्द्र निरौला ।। धुलाबारी, माघ २६ । श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी झापाको स्वर्ण महोत्सव शनिबार एक भव्य कार्यक्रम गरी उद्घाटन गरिएको छ ।