• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०५:००

काँग्रेसमा विधानमाथिको छलफल जटिल बन्दै, बैठक आज पनि

नेपाली कांग्रेसमा विधान माथिको छलफल जटिल बन्दै गएको छ । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष दुवैतर्फबाट असन्तुष्टि देखिएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी संख्या बढाउनुपर्ने आवाज उठेको छ । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको संख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखेका थिए । यही मंसिर १३ गतेदेखि जारी काँग्रेसको केन्द्रीय समिति बैठक विधान संशोधन मस्यौदामा छलफल केन्द्रित छ ।

आज पनि बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा हालसम्म बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले हालको पदाधिकारी संख्या नै यथावत राख्नुपर्ने तर्क गरिरहेका छन् भने पौडेल पक्षले केन्द्रीय सदस्य संख्या बढेसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने र महासमिति बैठकले पारित गरेपछि मात्र लागू हुनेछ । काँग्रेसको महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिकृया दिनुहोस

भारतिय एक सयदेखी साना दरका नोट मात्र चल्ने

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

झापा, मंसिर २८ ।। नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

# राष्ट्रिय

२५ मङ्सिर, २०७५

केशव भुल ।  काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश

यसरी हुँदैछ कर्मचारी समायोजन

# राष्ट्रिय

२४ मङ्सिर, २०७५

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७४ जारी भएसँगै अहिले कर्मचारी समायोजनकालागि सिंहदरबारमा चटारो सुरु भएको छ । आईतबार