• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : ०९:३४

खप्तड गोल्डकपको उद्घाटन खेलमा मेचीनेत्रालय फुटबल क्लब झापा विजयी

जीआर धिताल 
पुष–२४, काकरभिट्टा । झापा ।। 
मोफसलको सर्बाधिक राशिको फुटबल प्रतियोगिता खप्तड गोल्डकपको उद्घाटन खेलमा झापाबाट सहभागि मेचीनेत्रालय फुटबल क्लब झापा विजयी भएको छ । 
 सुदुर पश्चिम ११ लाई सडन डेथमा ७–६ ले पराजित गर्दै मेचि नेत्रालय फुटबल क्लब झापा क्वाटर फाईनल प्रवेश गरेको छ । जित सँगै मेचि नेत्रालय झापाले क्वाटरफाईनलमा  सशस्त्रको एपिएफ क्लब सँगको भेट पक्का गरेको छ ।


 निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो । ट्राईब्रेकरमा समेत खेलको निर्णय हुननसके पछि खेल सडनडेथ तर्फ धकेलिएको थियो । जसमा झापाको तर्फबाट १ प्रहार सुदुर पश्चिमका गोल रक्षकले रोकेका थिए भने एक प्रहार बाहिरिएको थियो । त्यस्तै सुदुर पश्चिमको १ प्रहार बाहिरिएको थियो भने २ प्रहारलाई झापाली गोल रक्षक दिप कार्कीले बचाउन सफल भएको टिम मेनेजर बसन्त श्रेष्ठले रेडियो साथिलाई जानकारि दिनुभयो  । 
खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाली गोल रक्षक दिप कार्की आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेको झापाली टिमका टिम संयोजक प्रेम नेर्वु शेर्पाले बताउनुभयो । 
  आजबाट धनगढि रंगशालामासुरु  प्रतियोगितामा ए डिभिजनका ६ वटा , आयोजक , बिदेशि २ तथा मोफसलका ३ टिम गरि  कुल १२ वटा टिमको सहगागिता रहेको छ । 
  सहभागि टिम मध्ये ६÷६ वटा गरेर २ समुहमा बिभाजन गरि खेल सञ्चालनहुने छ । तेस्रो संस्करणको बिजेताले नगत २१ लाख तथा उपबिजेताले १० लाख प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडिले मोटरसाईकल ,बिभिन्न बिधाका उत्कृष्ट खेलाडिले नगद १५÷१५ हजार पाउने छ भने प्रत्येक खेलको म्यान अफ् द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । आजबाट  शुरु प्रतियोगिता माघ ५ गते सम्पन्न हुने बताईएको छ । 

प्रतिकृया दिनुहोस

जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरु 

# खेलकुद

४ माघ, २०७५

माघ–४, चारआली ।। तेस्रो झापा जिल्ला स्तरीय  अन्तर बिद्यालय शिक्षक भलिबल प्रतियोगिता झापाको चारआलीमा शुरु भएको छ ।  स्वर्गीय क्याप्टेन रञ्जन

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर बाहिरियो

# खेलकुद

२ माघ, २०७५

मेची नेत्रालय काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर फाईनल प्रवेशका लागि थ्रीस्टारसंग भिड्दै

# खेलकुद

१ माघ, २०७५

जीआर धिताल ।  माघ–१ काकरभिट्टा, झापा ।।   मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा झापाबाट सहभागी  मेची