• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : १०:०१

डिफेन्डिङ च्याम्पियन बाहिरियो

जीआर धिताल ।।
पौष–२५, काँकरभिट्टा ÷ पाँचथरको फिदिममा जारी १० औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको तेस्रो क्वाटरफाईनल खेलमा सरस्वती क्लव काठमाण्डौ विजयी भएको छ । आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा डिफेन्डिङ च्याम्पियन सुनसरि –११ लाई  २–१ गोल अन्तरले पराजित गर्दै सरस्वती क्लब काठमाण्डौ सेमिफाईनल प्रवेश गरेको छ । 
 पहिलो हाफको ८ औं मिनेटमा दिपेन तामाङको गोल मार्फत सुनसरि ११ ले खेलमा अग्रता लिए पनि सो स्कोर कायम गर्न नसक्दा खेलमा पराजित हुनपुग्यो । सरस्वती क्लबका लागि बिदेशि खेलाडि भिक्टरले ७७ औं र ८० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाए । 
खेलमा उत्कृष्ट प्रदर्शन गरेका भिक्टर आजको खेलका म्यान अफ दि म्याच घोषित भए । भोलीको अन्तिम क्वाटरफाईनल खेल पाहुनाटोलि रोयल एफ्सी दार्जेलिङ र ब्वाईज युनियन क्लब काठमाण्डौ बिच हुने आयोजक फिदिम स्पोर्टिङ कलबका महा–सचिब पासाङ लामाले जानकारि दिनुभयो ।  
 

प्रतिकृया दिनुहोस

जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरु 

# खेलकुद

४ माघ, २०७५

माघ–४, चारआली ।। तेस्रो झापा जिल्ला स्तरीय  अन्तर बिद्यालय शिक्षक भलिबल प्रतियोगिता झापाको चारआलीमा शुरु भएको छ ।  स्वर्गीय क्याप्टेन रञ्जन

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर बाहिरियो

# खेलकुद

२ माघ, २०७५

मेची नेत्रालय काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट

मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर फाईनल प्रवेशका लागि थ्रीस्टारसंग भिड्दै

# खेलकुद

१ माघ, २०७५

जीआर धिताल ।  माघ–१ काकरभिट्टा, झापा ।।   मोफसलको सर्बाधिक राशिको अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा झापाबाट सहभागी  मेची