• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : १०:२४

हाम्रो धनिपुर्जा अनुसारको जग्गा पुर्ण प्रयोग गर्न पाउनु पर्छ : अरुणोदय माबि (बिज्ञप्तीको पूर्णपाठ सहित)

पत्रकार सम्मेलनमा जानकारी दिदैं बिद्यालयका अध्यक्ष राई, प्रधानअध्यापक लुईटेल लगायत ।

ज्ञानेन्द्र निरौला ।।
काकरभिट्टा, पुष २६ ।।
काकरभिट्टा स्थीत अरुणोदय माध्यमिक बिद्यालयले आफ्नो धनिपुर्जा अनुसार श्रेस्ता कायम भए अनुसारको जग्गाको पुर्ण प्रयोग गर्न पाउनु पर्ने बताएको छ । बिद्यालयको जग्गा अतिक्रमणका बिषयमा स्थानीय तोयानाथ चेपाङ र बिद्यालय बिच जग्गा बिवादको बिषयका जानकारी दिने उद्देश्यले बिहिबार बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा चेपाङ परिवारले ओगटेको जमिनको केही भाग बिद्यालयको पर्ने भएकाले त्यसको पुर्ण प्रयोग गर्न पाउनु पर्ने बिद्यालयका अध्यक्ष भगिरथ राईले बताउनु भयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष राईले भन्नु भयो–“चेपाङ परिवारको उचीत ब्यवस्थापन हुनु पर्छ भनेर हामी पनि बिगतदेखी नै भनिरहेका छौं तर त्यसका लागि बिद्यालयको संरचना निर्माण गर्न ऋण गरेर किनेको जग्गा दिन सकिदैंन ।” चेपाङ परिवार मात्र होईन हरेक नागरिकको ब्यवस्थापनमा राज्य जिम्मेवार हुनु पर्ने अध्यक्ष राईले बताउनु भयो ।
अध्यक्ष राई र बिद्यालयका प्रधानअध्यापक दुर्गाबहादुर लुईटेलको संयुक्त हस्ताक्षर रहेको बिज्ञप्तीमा भनिएको छ–“बिद्यालयको सरोकार आफ्नो श्रेताको जग्गाको पुर्ण रुपमा प्रयोग गर्न पाउनु पर्छ भन्ने मात्र हो, त्यस भन्दा बाहेकका बिषयलाई जोडेर बिद्यालय र त्यसका सञ्चालकहरुको चरित्र हत्या गर्ने गरी प्रचारबाजी भईरहेको प्रति बिद्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।”
२०७५ भदौ ५ गते चेपाङ परिवारले नै माग गरे बमोजिम नगरपालिकाको न्यायिक समितिमा भएको सहमति अनुसार नै जग्गाको नापजाँच गर्ने र साँध सिमाना छुट्याएर बिद्यालयलाई घेराबारा गर्न दिने बिषयमा स्वयम चेपाङ परिवारले समेत हस्ताक्षर गरेको थियो तर पछि जग्गा नापजाँच गरे पछि बिद्यायललाई त्यसअनुसार घेराबारा गर्न नदिएको बिद्यालयका प्रधानअध्यापक दुर्गाबहादुर लुईटेलले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रधानअध्यापकका अनुसार न्यायिक समितिमा भएको सहमति अनुसार नगरपालिकाको अमिनले जग्गा नापजाँच गर्दा चेपाङ परिवारले ओगटेको जमिनमध्ये पुर्वपट्टिबाट ७ फिट र पश्चिम पट्टिबाट ९ फिट जमिन बिद्यालयको परेको किटानी गरिएको थियो ।
जग्गा बिवादका बिषयमा न्यायिक समितिमा छलफल भईरहेका बेला छलफल भन्दा बाहिर काकरभिट्टाका बीरबहादुर श्रेष्ठ र सुमन थापा बिच कुटपिट भएको घट्ना प्रति दुःख लागेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिद्यालयका लागि यस क्षेत्रका स्थानीयहरु सबै अभिभावक भएको र बिद्यालयले सबैलाई समान रुपमा सम्मान गर्ने प्रधानअध्यापक लुईटेलले बताउनु भयो । त्यसैले पनि जग्गा बिवादलाई लिएर बिद्यालय र त्यसका सञ्चालकहरु बारेमा गलत मनसायले अनर्गल प्रचारबाजी नगर्न पनि बिद्यालयले बिज्ञप्ती मार्फत सबैसंग आग्रह गर्नु गरेको छ ।

बिज्ञप्तीको पूर्णपाठ

 

 

प्रतिकृया दिनुहोस

ज्ञानदिपका बिद्यार्थीलाई न्यानो कपडा बितरण

# स्थानीय समाचार

६ माघ, २०७५

मेचीनगर, माघ ६ । मेचीनगर–१५ बिचार्नी स्थीत ज्ञानदिप प्राथमिक बिद्यालयका ३० जना बिद्यार्थीलाई आज एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

# स्थानीय समाचार

६ माघ, २०७५

बाहुनडाँगी, माघ ६ । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर

दुई महिलालाई गम्भिर घाईते बनाएर आत्महत्या

# स्थानीय समाचार

६ माघ, २०७५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।