• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : ०९:५३

धुलाबारीको ६७ औं बार्षिक उत्सब सम्पन्न (फोटो फिचर सहित)

बार्षिक उत्सवमा साकेला नृत्य प्रस्तुत गर्दै बिद्यार्थीहरु ।

धुलाबारी, पुष २७ ।।
धुलाबारी माद्यमिक बिद्यालयको ६७ औं बार्षिक उत्सब आज एक समारोहका बिच सम्पन्न भएको छ । बिद्यालयको प्राङ्गणमा सम्पन्न समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं. १ का संघिय सांसद सुरेन्द्रकुमार कार्कीले धुलाबारी माविका बिद्यार्थीको प्रदर्शनीले आफुलाई आकर्षित गरेको बताउनु भयो । सांसद कार्कीले धुलाबारीले गरेको प्रयासले सरकारी बिद्यालयका बिद्यार्थीले पनि नयाँ प्रविधिसंगै आफुलाई उभ्याउन सक्ने गतिलो उदाहरण प्रस्तुत गरको बताउनु भयो ।

कार्यक्रममा सहभागि प्रमुख अतिथि, अतिथि र बिद्यालयका प्रतिनिधिहरु ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती लगायतले धुलाबारी बिद्यालयले यस क्षेत्रका बिद्यालयहरुको अभिभावकत्व ग्रहण गरिरहेकाले पनि यसका गतिबिधिले यो क्षेत्रलाई नै प्रभाव पार्ने भन्दै बिद्यालयको प्रशंसा गर्नु भएको थियो ।


बार्षिक उत्सवको अवसरका बिद्यालयले उत्कृष्ट बिद्यार्थी तथा सहयोगीहरुलाई सम्मान समेत गरको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न पुरातात्वीक महत्वका सामाग्री, परम्परात संस्कृति झल्कने सामाग्री, कृषि र बिज्ञानसंग सम्बन्धी बिभिन्न प्रविधिको प्रदर्शनी समेत गरको थिए ।
धुलाबारी माविका प्रधानअध्यापक महेन्द्रबिलाश लुईटेलले बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा सहप्रध्यानअध्यापक तेजप्रसाद चौलागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।
बिद्यार्थीहरुले बिभिन्न नृत्य तथा गित प्रस्तुत गरको कार्यक्रम शिक्षकद्वय रमेशकुमार दाहाल र मिलनकुमार ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फोटो फिचर

 

प्रतिकृया दिनुहोस

ज्ञानदिपका बिद्यार्थीलाई न्यानो कपडा बितरण

# स्थानीय समाचार

६ माघ, २०७५

मेचीनगर, माघ ६ । मेचीनगर–१५ बिचार्नी स्थीत ज्ञानदिप प्राथमिक बिद्यालयका ३० जना बिद्यार्थीलाई आज एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

# स्थानीय समाचार

६ माघ, २०७५

बाहुनडाँगी, माघ ६ । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर

दुई महिलालाई गम्भिर घाईते बनाएर आत्महत्या

# स्थानीय समाचार

६ माघ, २०७५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।