• ८ माघ २०७५ मंगलबार/ Tuesday 1-22-2019
  • स्टुडियो टाईम : १०:५५

महिला आयोगद्वारा अग्नि पिडितलाई राहत बितरण

महिला आयोगले अग्नि पिडितका लागि उपलब्ध गराएको राहत सामाग्री हस्तान्तरण गर्दै उपप्रमुख उप्रेती ।

मेचीनगर, पुष २७ ।

मेचीनगरका अग्नि पिडितहरुलई राष्टिय महिला आयोगले राहत सामाग्री बितरण गरेको छ । मेचीनगरको सभाहलमा सम्पन्न कार्यक्रममा आयोगको लोगो अंकित ज्याकेट अग्नि पिडितलाई बितरण गरको थियो ।

राहत बितरण कार्यक्रममा बोल्दै मेचीनगरकी उपप्रमुख मिना उप्रेतीले स्थानीय तहमा रहेको न्यायिक समितिलाई फौजदारी प्रकृतिका मुद्दा समेत हेर्न पाउनु पर्ने माग गर्नु भएको छ । नगरपालिका कार्यालयमा आज आयोजित महिला आयोग सम्बन्धी जानकारी मुलक कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले न्यायिक समितिलाई दिएको देवानी प्रकृतिका मुद्दा हेर्नेक्रममा केही फौजदारी प्रकृतिका मुद्दा पनि जोडिएर आउने भएकाले छलफल चलाउन समस्या हुने गरेको बताउनु भयो ।
उपप्रमुख उप्रेतीले भन्नु भयो–“हामीले देवानी प्रकृतिका मात्र मुद्दा हेर्नु पर्ने भएता पनि कहिले काहिसंगै जोडिएर फौजदारी प्रकृतिका मुद्दा पनि आउँछन त्यसैले केही प्रकृतिका फौजदारी मुद्दा पनि न्यायिक समितिले हेर्न पाउनु पर्छ अनि मात्र छलफल प्रभावकारी हुन्छ ।”

महिला आयोगले आफ्ना सदस्य र कर्मचारीहरुका लागि तयार गरेको ज्याकेट अग्नि पिडितलाई तत्कालका लागि जाडो छेक्न प्रभावकारी हुने भन्दै बितरण गरिएको महिला आयोगका शाखा अधिकृत भरतकुमार धमलाले जानकारी दिनु भयो ।

राष्ट्रिय महिला आयोगको तर्फबाट उपसचिब मिरा सेराचन, मेचीनगरका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरका प्रमुख प्रशासकिय अधिकृत सहित कार्मचारीहरु, जिल्ला प्रसासन कार्यालयका प्रतिनिधि लगायतको उपस्थीति रहेको कार्यक्रम मेचीनगरको सभाहलमा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस

ज्ञानदिपका बिद्यार्थीलाई न्यानो कपडा बितरण

# स्थानीय समाचार

६ माघ, २०७५

मेचीनगर, माघ ६ । मेचीनगर–१५ बिचार्नी स्थीत ज्ञानदिप प्राथमिक बिद्यालयका ३० जना बिद्यार्थीलाई आज एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

# स्थानीय समाचार

६ माघ, २०७५

बाहुनडाँगी, माघ ६ । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर

दुई महिलालाई गम्भिर घाईते बनाएर आत्महत्या

# स्थानीय समाचार

६ माघ, २०७५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।