• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५२

बुढासुब्बा गोल्डकपको उद्घाटन खेल  स्थगित

बर्षाका कारण अवरुद्ध बनेको धरान स्थीत खेल मैदान

 

 जीआर धिताल । 
माघ २६ काकरभिट्टा ।।     
आजबाट सुरुहुने भनिएको २१ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन  स्थगित भएको छ  । 
 लगातार परिरहेको पानी र खराब मौसमका कारण गोल्डकपको उद्घाटन खेल समेत स्थगित गर्नु परेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । आज स्थगित भएको खेल भोली आईतबार हुने समेत आयोजकले बताएको छ ।  
उद्घाटन खेलमा झापाबाट सहभागि मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर र यस पटकको ए–एडिभीजन लिगको उपविजेता संकटा क्लब काठमाण्डौं बीच प्रतिस्पर्धा हुने खेल तालिकमा यस अघि नै आयोजकले प्रकाशित गरिसकेको थियो । 
गोल्डकपको २१ औ संस्करणमा दुई अन्तराष्र्टि«य, तीन मोफसलका क्लव र तीन ए डिभिजन क्लवहरु गरि कुल ८ वटा टिमको  सहभागिता रहने छ । 
 फागुन ४ गते सम्म धरान रंगशालामा संञ्चालन हुने प्रतियोगिताको  विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउने छ । 

 

प्रतिकृया दिनुहोस

जेष्ठ नागरीकहरुलाई कम्वल वितरण

# खेलकुद

२८ माघ, २०७५

मेचीनगर २९ माघ   झापा दुहागढीका १ सय भन्दा बढि जेष्ठ नागरीकहरुलाई सोमवार कम्वल वितरण गरीएको छ ।      मेचीनगर १४ को वडा कार्यालयमा आयोजीत

सडनडेथमा काँकरभिट्टालाई हराउदै संकटा सेमिफाईनलमा

# खेलकुद

२८ माघ, २०७५

माघ २८, काकरभिट्टा ।।                   बुढासुब्बा गोल्डकप अन्तरगत सोमबार सम्पन्न पहिलो खेलमा विजयी हुँदै एडिभिजनको संकटा क्लब काठमाण्डौं

बुढासुब्बा गोल्डकपमा उद्घाटन खेलले लियो अनौठोरुप 

# खेलकुद

२७ माघ, २०७५

  जीआर धिताल  माघ २७, काकरभिट्टा ।।      २१ औं संस्करणको बुढासुब्बा गोल्डकप अन्तरगत आज भएको उद्घाटन खेलमा  झापाबाट सहभागि मेची नेत्रालय