• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:०७

मौसम आज रातिबाट क्रमशः सुधार हुँदै जाने

साथी न्युज डेस्क 
माघ २६
    हिजोबाट सुरु भएको मौसमको बदली आज रातिबाट क्रमशः सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज बिहानैदेखि मौसममा केही सुधार देखिए पनि पूर्णरुपमा सुधार आउन अझै एक दुई दिन लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद सुदन सुवेदीले आज रातिबाट मौसममा सुधार हुँदै जाने बताउनुभयो । तर, पूर्णरुपमा सुधार आउन एकदुई दिन लाग्न सक्ने उहाँको भनाई छ ।
                        आज झापासहित देशैभर मौसम बदली भई वर्ष भइरहे पनि पश्चिमी क्षेत्रबाट मौसम सुधार हुँदै आएको र पूर्वी क्षेत्रमा वर्षाको केही प्रभाव रहने उहाँले बताउनुभयो । पूर्वी पहाडी क्षेत्रमा भने हल्का हिमपात भएको हाम्रा सहकर्मीहरुले बताएका छन् । भोलि पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भई सामान्य वर्षा हुने भएकाले चिसो अझ बढ्ने मौसमविद्हरुको भनाई छ । 
                        यसअघिका हिउँदे वर्षाभन्दा यो बढी शक्तिशाली भएका कारण छिटो मौसममा सुधार आउन नसकेको महाशाखाले जनाएको छ । शक्तिशाली हिउँदे वर्षा हुँदा देशैभर वर्षा र हिमपात भएको पनि मौसमविद सुवेदीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

सुर्खेत घोषणा पत्र जारी गर्दै रेडियो सम्मेलन सम्पन्न

# राष्ट्रिय

३ फाल्गुण, २०७५

सुर्खेत, ३ फागुन (जागरण) । सुर्खेत घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १४ औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो

आज पनि पानी पर्ने, आइतबारबाट मात्रै मौसममा सुधार

# राष्ट्रिय

२५ माघ, २०७५

माघ २५ ।। पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ । आज पनि पहाडी भागमा पानी पर्नेछ

बलात्कारका घटना : कानुन छ तर कारबाही हुँदैन

# राष्ट्रिय

२४ माघ, २०७५

स्नेहा कर्ण, सीआईएन, काठमाडौं    प्रहरीको तथ्याङक अनुसार गएको २० बर्षको अवधिमा नेपालमा बलात्कारको घटना १० गूणाले बढेको छ । बलात्कारको घटना बढेसंगै