• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०४:०७

शोभा यात्रा सहित शुरु भयो स्वर्ण महोत्सव (फोटो फिचर सहित)

महोत्सवको उदघाटनका अवसरमा प्रणामी धर्मका गुरुहरुका साथमा मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेती ।

ज्ञानेन्द्र निरौला ।।
धुलाबारी, माघ २६ ।

श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी झापाको स्वर्ण महोत्सव शनिबार एक भव्य कार्यक्रम गरी उद्घाटन गरिएको छ । मेचीनगरका प्रमुख विमल आचार्यले विधिवत रुपमा उद्घाटन गरेपछि महोत्सव सुरु भएको हो ।

स्वर्ण महोत्सव उद्घाटन अघि शनिबार विहान धुलाबारीमा शोभायात्रा निकालिएको मूल समारोह समितिले जनाएको छ । विहान १० बजे मन्दिर परिसरबाट सुरु भएको शोभा यात्रा खनाल वस्ती, घोडापट्टी, धुलाबारी बजार हुँदै पुनः महोत्सव स्थलमा आएर समापन गरिएको महोत्सवका सचिब टिकेन्द्र खनालले जानकारी दिनु भयो । त्यसअघि मेचीनगरको काँकरभिट्टाबाट जागनी रथ यात्रा निकालिएको महोत्सवका कार्यक्रम ब्यवस्थापन समिति संयोजक सुवास रिजालले जानकारी दिनुभयो ।


फागुन ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सव कार्यक्रममा प्रणामी धर्मका प्रबद्र्धक  गुरुजी कालेम्बुङ्ग भारतबाट मोहनप्रियाजी महाराज, बृन्दाबनबाट सदानन्दजी महाराज, कर्नानबाट जगतराजजी महाराज र नेपालका अमृतराजजी महाराजको उपस्थिति हुने महोत्सव समितिका सचिब खनालले बताउनु भयो ।

प्रणामी धर्मसंग सम्बन्धी कार्यक्रम सहित दैनिक बिभिन्न बिषयका प्रवचन, बिचार गोष्ठी, बिद्वत गोष्ठी सहित साँस्कृतिक कार्यक्रमहरु समावेश हुने महोत्सवमा प्रणामी धर्म सम्प्रदाय सहित अन्य धर्म सम्प्रदायका भक्तजनहरुलाई समेत खुला मन राखेर आमन्त्रण गरी कार्यक्रममा सहभागिताका लागि महोत्सव आयोजक समितिले सबैलाई पत्राचार गरिसकेकोले स्थानीय समुदायलाई साथ र सहयोगको अपिल गरिएको महोत्सव आयोजक समितिका उपाध्यक्ष पुष्पराज पौडेलले बताउनु भयो ।

(फोटो फिचर सहित)

प्रतिकृया दिनुहोस

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

# स्थानीय समाचार

२९ माघ, २०७५

माघ २९, काँकरभिट्टा झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ ।       मेचीनगर

प्रतिबन्धीत पंक्षीजन्य सामाग्री आयात रोक्न नाकामा कडाई, एक पक्राउ

# स्थानीय समाचार

२७ माघ, २०७५

झापा, माघ २७ । भारतबाट नेपाली बजारमा आयातित पशुपंक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ । खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला,

स्वर्ण महोत्सवको आज भब्य शुभारभ्भ

# स्थानीय समाचार

२६ माघ, २०७५

ज्ञानेन्द्र निरौला ।। धुलाबारी, माघ २६, शनिबार । प्रणामी धर्म सम्प्रदायका आद्य धर्म प्रबद्र्धक स्वामी प्राणनाथ जीको यस धराधाममा प्रकाट्य भएको चार