• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:२१

प्रतिबन्धीत पंक्षीजन्य सामाग्री आयात रोक्न नाकामा कडाई, एक पक्राउ

पक्राउ गरिएको कुखुरा नष्ट गर्दै प्रहरी ।

झापा, माघ २७ ।

भारतबाट नेपाली बजारमा आयातित पशुपंक्षी नियन्त्रण तथा रोकथाममा विशेष निगरानी बढाइएको छ । खुल्ला सीमाका कारण नेपालमा प्रतिबन्धित चल्ला, कुखुरा रोकथाम तथा नियन्त्रण गर्नुका साथै आयातित माछालाई चेकजाँज गरी मात्र नेपाल भित्राउने दिनेमा सरोकारवाला निकाय सहमत भएपछि निगरानी बढाइएको हो ।

भारतीय बोइलर कुखुरा तथा चल्ला चोरी तस्करीको माध्यमबाट नेपाली बजारमा भित्रिन थालेपछि झापाका कुखुरा पालक किसान आन्दोलित भएसँगै यसको नियन्त्रण र रोकथामका लागि भद्रपुरस्थित पशु क्वारेन्टाइन चेक पोस्टले सरोकारबाला निकायसँग पहल गरेको छ ।

चेक पोष्टमा बसेको सरोकारबालासँगको बैठकमा भारतीय पशुपंक्षी नियन्त्रण तथा रोकथामका लागि तीनबुँदे सहमति भएको चेक पोष्टका पशु चिकित्सक कौशलेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकी राष्ट्र भारतका केही स्थानमा पटकपटक बर्डफ्लु रोगको सङ्क्रमण देखा परेकोले नेपाल सरकारले कुखुरा तथा चल्लामा प्रतिबन्ध लगाएको छ ।

त्यसैले ती पक्षी र पंक्षीजन्य पदार्थ नेपाल भित्रिन नदिन सम्पूर्ण सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट विशेष निगरानी बढाउने, भारतबाट आयतित माछाको क्वारेन्टाइन जाँचपश्चात क्वारेन्टाइन प्रमाणपत्र लिएको छ वा छैन भन्सार कार्यालयको गेटमा डियुटीमा रहेका भन्सार कर्मचारी र प्रहरीले अनिवार्य चेकजाँच गराई भन्सारमा राजश्व तिरेर पठाइने गरेको छ ।

झापाका कुखुरापालक किसानले कुखुरा तथा चल्ला बिक्री वितरण गर्दा फर्मको बिल र भेटेरिनरी प्रमाणपत्र ढुवानी कर्तालाई अनिवार्य प्रदान गर्ने बताएका छन् । यसो गर्दा भारतबाट आयतित हो कि नेपालमै उत्पादन भएको भन्नेमा प्रहरी प्रशासनलाई बरामद गर्न सहज पुग्ने बुँदामा उल्लेख गरिएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल झापा गण नम्बर २ का डिएसपी ओजेश ओली, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, भद्रपुर भन्सारका रविलालसिंह राजवंशी लगायतको सहभागिता रहेको थियो ।

यता, वडा प्रहरी कार्यालय भद्रपुर नाकामा भारतबाट आयातित कुखुरा तथा चल्ला नियन्त्रण तथा रोकथामका लागि अभियान सुरु गरिसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । साथै, भद्रपुर नाकाबाट भित्रिने भारतीय माछालाई झोलाभन्दा पनि कार्टुनमा प्याक गरी नेपाल ल्याउन र त्यसको क्वारेन्टाइन चेकजाँच अनिवार्य गराउने सीमामा तैनाथ नेपाल प्रहरीलाई आदेश दिइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच शनिबार झापा बजारमा भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउँदै गरेको प्रतिबन्धीत ब्रोईलर कुखुरा पक्राउ गरी जफत गरिएको छ । कुखुरा ब्यवशायी संघ झापा बजार ईकाइ समितिले गरेको बिशेष निगरानीका क्रममा भारतबाट नेपाल भित्रउँदै गरेको अवस्थामा ५० वटा भन्दा बढी जिउँदो ब्रोईलर र कुखुरा बोक्न प्रयोग गरेको एक थान नेपाली नम्बर प्लेटको मोटर साईकल र कुखरा तस्करीमा संलग्न एक ब्यक्तिलाई समेत पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाईएको कुखुरा ब्यवशायी संघ झापाका अध्यक्ष बिवेक निरौलाले जानकारी दिनु भयो । बरामत गरेको कुखुरा खाल्डो खनेर दफन गरिएको र प्रक्राउ गरिएका ब्यक्तिलाई कानून बमोजिम कारवाहकिो प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

# स्थानीय समाचार

२९ माघ, २०७५

माघ २९, काँकरभिट्टा झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ ।       मेचीनगर

शोभा यात्रा सहित शुरु भयो स्वर्ण महोत्सव (फोटो फिचर सहित)

# स्थानीय समाचार

२७ माघ, २०७५

ज्ञानेन्द्र निरौला ।। धुलाबारी, माघ २६ । श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी झापाको स्वर्ण महोत्सव शनिबार एक भव्य कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

स्वर्ण महोत्सवको आज भब्य शुभारभ्भ

# स्थानीय समाचार

२६ माघ, २०७५

ज्ञानेन्द्र निरौला ।। धुलाबारी, माघ २६, शनिबार । प्रणामी धर्म सम्प्रदायका आद्य धर्म प्रबद्र्धक स्वामी प्राणनाथ जीको यस धराधाममा प्रकाट्य भएको चार