• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०२:५६

बुढासुब्बा गोल्डकपमा उद्घाटन खेलले लियो अनौठोरुप 

  जीआर धिताल 
माघ २७, काकरभिट्टा ।।     
२१ औं संस्करणको बुढासुब्बा गोल्डकप अन्तरगत आज भएको उद्घाटन खेलमा  झापाबाट सहभागि मेची नेत्रालय काँकरभिट्टा ट्रेनिङ सेन्टर र संकटा क्लब काठमाण्डौं बिचको खेल बराबरिमा रोकिएको छ । ट्रेनिङ सेन्टर झापा र संकटा बिचको खेलमा टाईब्रेकर हुदै सडन डेथ सम्म पुग्दा समेत विजेताको टुङ्गो हुन नसकेपछि खेलको निर्णयका लागि भोली बिहान पुनः टाईब्रेकर गराउने निर्णय सहित आजलाई स्थगित गरिएको छ ।
 
 अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सम्म काँकरभिट्टा ट्रेनिङ सेन्टर १/० ले अघि थियो । खेलको १४ औं मिनेटमा काकरभिट्टा ट्रेनिङ सेन्टरका कर्ण लिम्बुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १० औं मिनेटमा संकटा क्लबका जय गुरुङले जवाफि गोल गर्दै खेललाई बराबरिमा ल्याउन सफल भए । बराबरि स्कोर लाई झापाली टिमले लामो समय टिक्न दिएन । दोस्रो हाफको १६ औं मिनेटमा ट्रेनिङ सेन्टरका पुजन उपरकोटिले निर्णायक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । तर खेलको अतिरिक्त समयमा संकटाले पुनः गोल गर्दै अन्तिम समयमा आफ्नो टिमलाई खेलमा फर्काउन सफल भए । 

त्यस पछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो । ट्राई ब्रकेरमा समेत खेल बराबरि भए पछि खेल सडन डेथ तर्फ धकेलिएको थियो । तर सडनडेथमा समेत टिमका सम्पुर्ण ११/११ जना खेलाडिको प्रहार समेत बराबरिमा टुङ्गिए पछि खेलको विजेताको टुङ्गो लाग्न भोली सम्म कुर्नुपर्ने भएको छ । 
खेलमा भोेली बिहान ८ वजे दुई टिम बिच पुनः टाईब्रेकर गराउने निर्णय भएको धरान रंगशालामा बाट मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरका सचिव अशोक राइले साथी न्यूज डेस्कलाई जानकारी दिनुभयो । 
  हिजोबाट सुरुहुने भनिएको प्रतियोगिता खराब मौसमका कारण आज बाट मात्र सुरु भएको हो । प्रतियोगिता फागुन ४ गते सकिने छ । ८ टिम सहभागि प्रतियोगिताको विजेताले नगद ८ लाख र उप विजेताले नगद ४ लाख प्राप्त गर्ने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । 

 

प्रतिकृया दिनुहोस

जेष्ठ नागरीकहरुलाई कम्वल वितरण

# खेलकुद

२८ माघ, २०७५

मेचीनगर २९ माघ   झापा दुहागढीका १ सय भन्दा बढि जेष्ठ नागरीकहरुलाई सोमवार कम्वल वितरण गरीएको छ ।      मेचीनगर १४ को वडा कार्यालयमा आयोजीत

सडनडेथमा काँकरभिट्टालाई हराउदै संकटा सेमिफाईनलमा

# खेलकुद

२८ माघ, २०७५

माघ २८, काकरभिट्टा ।।                   बुढासुब्बा गोल्डकप अन्तरगत सोमबार सम्पन्न पहिलो खेलमा विजयी हुँदै एडिभिजनको संकटा क्लब काठमाण्डौं

बुढासुब्बा गोल्डकपको उद्घाटन खेल  स्थगित

# खेलकुद

२६ माघ, २०७५

   जीआर धिताल ।  माघ २६ काकरभिट्टा ।।      आजबाट सुरुहुने भनिएको २१ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन  स्थगित भएको छ  ।   लगातार