• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:४९

सडनडेथमा काँकरभिट्टालाई हराउदै संकटा सेमिफाईनलमा


माघ २८, काकरभिट्टा ।।     
             बुढासुब्बा गोल्डकप अन्तरगत सोमबार सम्पन्न पहिलो खेलमा विजयी हुँदै एडिभिजनको संकटा क्लब काठमाण्डौं  सेमिफाईनल प्रवेश गरेको छ । उद्घाटन खेलमा  झापाबाट सहभागि मेची नेत्रालय काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई सडनडेथमा पराजित गर्दै संकटा क्लब काठमाण्डौं सेमिफाईनलमा आफ्नो स्थान बनाउन सफल भएको हो ।
            आईतबार यी दुई टिम बीच भएको खेलमा टाईब्रेकर हुदै सडन डेथ सम्म पुग्दा समेत विजेताको टुङ्गो हुन नसकेपछि खेलको निर्णयका सोमबार बिहान पुनः टाईब्रेकर गराउने निर्णय सहित खेल स्थगित गरिएको थियो । 
सोमबार भएको सडनडेथमा झापाका खेलाडिको प्रहारलाई संकटाका गोल रक्षकले बचाए पछि काकरभिट्टा खेलबाट बाहिरिन पुग्यो ।
            ८ टिम सहभागि प्रतियोगिताको विजेताले नगद ८ लाख र उप विजेताले नगद ४ लाख प्राप्त गर्ने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । 


 

प्रतिकृया दिनुहोस

जेष्ठ नागरीकहरुलाई कम्वल वितरण

# खेलकुद

२८ माघ, २०७५

मेचीनगर २९ माघ   झापा दुहागढीका १ सय भन्दा बढि जेष्ठ नागरीकहरुलाई सोमवार कम्वल वितरण गरीएको छ ।      मेचीनगर १४ को वडा कार्यालयमा आयोजीत

बुढासुब्बा गोल्डकपमा उद्घाटन खेलले लियो अनौठोरुप 

# खेलकुद

२७ माघ, २०७५

  जीआर धिताल  माघ २७, काकरभिट्टा ।।      २१ औं संस्करणको बुढासुब्बा गोल्डकप अन्तरगत आज भएको उद्घाटन खेलमा  झापाबाट सहभागि मेची नेत्रालय

बुढासुब्बा गोल्डकपको उद्घाटन खेल  स्थगित

# खेलकुद

२६ माघ, २०७५

   जीआर धिताल ।  माघ २६ काकरभिट्टा ।।      आजबाट सुरुहुने भनिएको २१ औं संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन  स्थगित भएको छ  ।   लगातार