• २८ मङ्सिर २०७५ शुक्रबार/ Friday 12-14-2018
  • स्टुडियो टाईम : ०४:११

निर्मलालाई न्याय दिलाउन झापा सहित देशभर प्रर्दशन

काकरभिट्टामा प्रदर्शनमा उत्रिएका स्थानीय ।

काकरभिट्टा, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तका लागि न्याय माग गर्दै शनिबार झापा सहित देशभर प्रदर्शन भएको छ ।
‘निर्मलाको निम्ति न्याय’ अभियान अन्तर्गत देशका विभिन्न ठाउँमा स्वतः स्फुर्त रुपमा आज दिनभर प्रदर्शन भएको थियो । बलात्कारी लाई तत्काल खोजी गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै झापाको काकरभिट्टामा आज बिहानै प्रदर्शन गरिएको थियो । स्वत स्फुर्त रुपमा सडकमा उत्रिएका स्थानीयले निर्मलाका हत्यारालाई तत्काल कारवाहीको माग गरेका थिए । प्ले कार्ड सहित सडकमा उत्रिएका प्रर्दशनकारीहरुले काकरभिट्टा बजार क्षेत्र समेत परिक्रमा गरेका थिए ।  
यस्तै निर्मलाका हत्यारालाई पक्राउ गर्न सरकारी संयन्त्रले ढिला सुस्ती गरेको आरोप लगाउँदै देशका बिभिन्न ठाउँमा आज स्वतस्फुर्त रुपमा प्रदर्शनमा हजारौं स्थानीयहरु सडकमा उत्रिएका थिए ।
काठमाडौंको माइतीघर मण्डला, सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजबिराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, झापाको दमक र अर्जुनधारामा लगायत ठाउँमा पनि प्रदर्शन हुँदैछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन भैसक्दा समेत दोषीको पहिचान अझै हुन सकेको छैन । प्रहरीले प्रमाण लुकाएको भन्दै स्थानीय बासिन्दाले पहिलेदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

भारतिय एक सयदेखी साना दरका नोट मात्र चल्ने

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

झापा, मंसिर २८ ।। नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

# राष्ट्रिय

२५ मङ्सिर, २०७५

केशव भुल ।  काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश

यसरी हुँदैछ कर्मचारी समायोजन

# राष्ट्रिय

२४ मङ्सिर, २०७५

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७४ जारी भएसँगै अहिले कर्मचारी समायोजनकालागि सिंहदरबारमा चटारो सुरु भएको छ । आईतबार